Health benefits of mint or pudina पुदिना – NEPALI



Amazing health benefits of mint or pudina पुदिना in NEPALI. Home remedy and cure for common cold, flu, constipation, irritable bowel syndrome and lots more

हेर्दा सानो तुच्छ, खाँदा ट्वाक्क स्वादिलो – यो हो पुदिना।
हामीले यसलाई देख्नासाथ अचार सम्झन्छौँ भने पश्चिमाहरुले यसलाई देख्नासाथ मुखको दुर्गन्ध हटाउने माउथ फ्रेसनर सम्झन्छन्।
यसले उनीहरुको मुखको दुर्गन्ध पनि हटाउँछ र हाम्रो खानाको स्वाद पनि बढाउँछ तर के तपाईंलाई थाहा छ यसले दर्जनौँ रोगहरु पनि निको पार्छ?
हुन त हामीले भान्छामा प्रयोग गर्ने हरेक मसला जडिबुटी नै हो चाहे त्यो मरिच होस वा जिरा वा पुदिना।
हामीले त स्वादको लागि खान्छौँ तर यि जडिबुटीहरुले हरेक दिन हाम्रो शरीर स्वस्थ राख्नमा र रोग निको पार्नमा अहम भूमिका खेलेका हुन्छन्।
पुदिनाको त झन् कुरै अलग छ।

यसको प्रयोग हाम्रो भान्छाको अचार देखि ठुला-ठुला कम्पनीका दन्त मन्जन, चकलेट, क्रिम र महङ्गा-महङ्गा आयुर्वेदिक र एलोप्याथिक औषधिहरुमा पाइन्छ।
पुदिनाले हाम्रो स्वास्थ्यमा केके फाइदा पुर्याउँछ त, हेरौँ।

खाना पचाउँछ
पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने एक महत्वपूर्ण जडिबुटी हो। २००३ मा प्रकाशित एक अध्ययनका अनुसार यसले पाचन एंजाइमहरूलाई उत्प्रेरित गर्छ र खाना पचाउनमा मद्दत गर्छ। अपच र कब्जियतको समस्या भएका व्यक्तिले दुई चम्चा पुदीनाको रस सेवन गर्ने हो भने समस्याको समाधान हुन्छ।
टाउको दुखाई र वाकवाकी निको पार्छ
पुदीनाको ताजा पातको बासनाले टाउको दुखेको कम गर्छ। पुदीनाको तेल अथवा पुदीनाबाट बनेको भिक्स या बाम निधार, कन्चट या नाकको वरिपरि लगाएर हल्का मालिस गर्नाले पनि टाउको दुखाई र वाकवाकी निको हुन्छ।
मुखको दुर्गन्ध हटाउँछ
मुखको दुर्गन्ध हटाउने संसारको सबैभन्दा लोकप्रिय औषधि पुदिना नै हो। यसका लागि पुदिनाको पात त्यतिकै चबाए पनि हुन्छ या त पुदिनाको स्वाद भएको चुइङ्गम या टफी खाए पनि हुन्छ।
वजन घटाउँछ
पुदीनाले वजन कम गर्नमा तपाईंलाई सहयोग गर्छ किनकि यसले शरीरको बोसोलाई प्रयोगयोग्य ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्दछ।
पेटको समस्या हटाउँछ
के तपाईंलाई पेटमा ग्यास जम्ने, पेट फुल्ने, पेट दुखि रहने जस्ता समस्याहरु छन्? यस्ता समस्यालाई irritable bowel syndrome भन्ने गरिन्छ। र irritable bowel syndrome का लागि पुदिना अति उत्तम प्राकृतिक उपचार मानिन्छ।
स्तनपान गराउँने महिलालाई आराम दिन्छ
स्तनपान गराउँने आमाहरुको स्तन र मुन्टोमा सुन्निने, चिरा पर्ने र पिडा हुने गर्छ । International Breastfeeding Journalको अनुसार पुदिना को चिया अथवा पुदिना मिसाएको पानि खानाले त्यस्तो चिरा पर्न कम हुन्छ र पिडा पनि कम गर्छ। पुदिनाको तेल वा बाम पनि लगाउन मिल्छ, तर यसो गरेमा स्तनपान गराउनु अगाडी पखाल्नु वा पुछ्नु पर्छ।
थकान हटाउँछ
पुदिना एक प्राकृतिक दर्दनिवारक हो र यसको वासनाले मात्र पनि शरीरमा उर्जा र मसिस्कमा स्फूर्ति ल्याउँछ। सन् २०१४ मा गरिएको एउटा अनुसन्धानको प्रतिवेदन अनुसार यदि दिनहुँ तपाईंले आफ्नो आहारमा पुदिना मिसाउनु भयो भने तपाईंलाई सुस्त, चिन्तित, उदास या थकित हुनबाट बचाउँछ। तपाईंले आफ्नो सिरानीमा केहि थोपा पुदिनाको तेल छर्केर सुत्नु भयो भने तपाईंको शरीर र मन दुवैले आराम पाउनेछन् र तपाईंलाई राम्रोसँग निन्द्रा पनि लाग्नेछ।
छाला सफा राख्छ
शरीरको दाग खटिरा र अनुहारको डण्डिफोरको लागि पुदिना अति उत्तम एन्टिसेप्टिक मानिन्छ। पुदिनाको जुसले छाला सफा गर्छ र छालाका विभिन्न बिकारहरुलाई हटाउन मद्दत गर्छ। लामखुट्टे, मौरीजस्ता किराले टोकेको या चिलेको ठाउँमा पुदीनाको रस दल्नाले आराम मिल्छ।
मस्तिस्क तेजिलो बनाउँछ
हालै गरिएको एक अध्ययनले पुदीनाले मस्तिस्क तेजिलो बनाउने र स्मरणशक्ति बढाउने पनि पुष्टि गरेको छ। प्राय जसो बिध्यार्थीहरुले चुईङगम चबाई रहने गर्छन, यदि पुदीना मिसाइएको चुईङगम चबाउने हो भने यसले दिमागी सचेतना बढाउनका साथै स्मरणशक्ति पनि प्रबल बनाउनमा मद्दत गर्छ।
रुघा खोकी निको पार्छ
रुघा खोकीको औषधिमा पाइने एउटा सामान्य संघटक हो मेन्थोल (menthol) जुन पुदिनाबाट निकालिन्छ। मेन्थोलले नाक र छाती खुलाउँनमा र रुघा खोकी निको पार्नमा मद्दत गर्छ।
भिटामिन दिन्छ
पुदिनामा प्रसस्त भिटामिन ए र भिटामिन सी (Vitamin A and Vitamin C) पाइन्छ। भिटामिन ए ले आँखा तन्दुरुस्त राक्छ र नाइट ब्लाइण्ड्नेस हुन बाट जोगाउँछ। भिटामिन सी ले शरीरको रोगसँग लडने क्षमता वृद्धि गर्छ। शारीरले सहि मात्रामा भिटामिन सी पायो भने सानातिना रोग त त्यतिकै पनि लाग्दैनन्।
र अन्त्यमा, पुदिना खाँदा पनि स्वादिलो र स्वास्थ्यलाई पनि अत्यन्त फाइदाजनक छ।
हाम्रा पुर्खाहरुले हामीलाई पुदिनाको अचार खान त्यतिकै सिकाएका हैन रहेछन्।
पुदिनाको अरु पनि फाईदा तपाईंलाई थाहा छ भने कमेन्टमा लेखि शेयर गरिदिनु होला।
र हाम्रो यो भिडियो अंग्रेजीमा पनि हेर्न सक्नु हुनेछ, त्यसको लागि माथिको आई बटन अथवा तल डिस्क्रिप्शनमा दिईएको लिङ्कमा क्लिक गर्नु होला।